१५औं महाधिवेशन समयमै हुन्छ : गगन थापा

डिसी नेपाल
१६ पुष २०८१ १७:००
140
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औं महाधिवेशन समयमै हुने भएकाले अहिले चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन्। उनले मकवानपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

बिपी कोइरालाले मेलमिलापको प्रस्ताव लिएर भारतबाट आएको दिनलाई स्मरण गर्दै पार्टीभित्र त्यसलाई साँघुरो बनाउन नहुने बताए। पार्टीभित्रको मेलमिलाप र एकतालाई मात्रै लिएर बिपीलाई सम्झिए उनीप्रति अन्याय हुने थापाको भनाइ छ।

‘पार्टीभित्रकै केही कटु अनुभव छन्। मेलमिलाप भनेपछि कटुता हटाउँदै जाने प्रक्रिया हो। मेलमिलाप दिवस भनेको दिनको परिभाषा र महत्वलाई हाम्रो घरभित्रको होइन। घरभित्र सीमित पार्ने हो भने बिपीप्रति अन्याय हो,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *