चीनमा ताइवानको विलयलाई कसैले रोक्न सक्दैन : सी जिनपिङ
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले २३ करोड जनसंख्या भएको टापु राष्ट्र ताइवानका स्वतन्त्रता समर्थक शक्तिलाई स्पष्ट चेतावनी दिएका छन् । उनले मंगलबार (३१ डिसेम्बर) नयाँ वर्षको सम्बोधनमा चीनसँग ताइवानको विलयलाई कसैले रोक्न नसक्ने बताए ।
चीनले गत वर्ष ताइवानमाथि आफ्नो सिमाना नजिक युद्धपोत पठाएर र लगभग दिनहुँ हवाई क्षेत्रको उल्लंघन गरेर सैन्य दबाब बढाएको छ। ताइवानी अधिकारीहरूले यसलाई टापुमा आफ्नो सैन्य उपस्थिति सामान्य बनाउन चीनको प्रयासको रूपमा वर्णन गरेका छन्।
चीनले प्रजातान्त्रिक शासन भएको ताइवानलाई आफ्नो क्षेत्र मान्छ। जबकि ताइवानले बेइजिङको यस्तो दाबीलाई कडाइका साथ अस्वीकार गर्दै ताइवानका जनताले मात्र आफ्नो भविष्यको निर्णय गर्न सक्ने र बेइजिङले यो निर्णयलाई सम्मान गर्नुपर्ने बताएको छ ।
टेलिभिजन सम्बोधनमा सी जिनपिङले भने, ‘ताइवान र चीनका जनता एउटै परिवार हुन्। हाम्रो पारिवारिक बन्धनलाई कसैले तोड्न सक्दैन र चीनसँग ताइवानको एकीकरणलाई कसैले रोक्न सक्दैन।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment