बझाङमा जिप दुर्घटनामा तीन जनाको मृत्यु

डिसी नेपाल
१८ पुष २०८१ २२:३४
100
Shares

चैनपुर (बझाङ)। अजिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा बिहीबार राति धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए।

दुर्घटनामा घाइते एक बालिकालाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको प्रजिअ भट्टराईले बताए। जिपमा कति जना सवार थिए भन्ने एकीन जानकारी नआएको उनले बताए। अहिले प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्ना नेतृत्वको टोली घट्नास्थलतर्फ गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.