कांग्रेसले पुरानो क्रियाशील सदस्यता नवीकरण चैत मसान्तभित्र टुंगो लगाउने
काठमाडौं । नेपाली कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने भएको छ।
महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता समितिको शुक्रबार बसेको बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको हो।
बैठकले क्रियाशील सदस्यता वैधानिक र वैज्ञानिक बनाउन जातजाति जनसंख्या तथा पार्टीको मत संख्याको आधारमा विज्ञहरूको समेत सुझाव लिएर नयाँ क्रियाशील सदस्यता वितरण गर्न वैज्ञानिक बाटो अवलम्बन गर्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नही रसाइलीले जानकारी दिए। दलित, जनजाति, महिला, मुस्लिमलाई क्रियाशीलता सदस्यता लिन प्रोत्साहन गर्ने निर्णय भएको उनले बताए।
रसाइलीका अनुसार डोल्पामा क्रियाशील सदस्यता नवीकरणका लागि कार्यबाहक सभापतिलाई फारम पठाइदिने निर्णय गरेको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment