सरकारलाई माओवादीको प्रश्न- संसद् बोलाउन किन आनाकानी, नियतमै खोट त छैन?
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउन आनाकानी गरिरहेको भन्दै असन्तुष्टि जनाएको छ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णयबारे आज जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले हिउँदे अधिवेशन बोलाउन आनाकानी गर्नुले सरकारको नियतमाथि संका गर्ने ठाउँ रहेको बताए।
संसद्को हिउँदे अधिवेशन बोलाउन धेरै नै ढिला भएको उनको भनाइ छ। ‘म सभामुख हुँदा समयमै अधिवेशन बोलाउने गरेको थिएँ। अहिले पुस १९ गते भइसक्यो। सर्वथा बेठिक कुरा भइराखेको छ। सरकारको नियत राम्रो देखिएको छैन। सदन छलेर अध्यादेश ल्याउने बाटोमा सरकार गइरहेको छ। त्यो अध्यादेश पनि पार्टीहरूलाई विभाजन गर्नतिर रहेको छ। सरकारको यी गतिविधिले लोकतन्त्रमाथि गम्भीर समस्या हुँदैछ,’ उनले भने।
संसद् नै नबोलाएपछि लोकतन्त्र न फस्टाउने उनको भनाइ छ। अब सबै दलसँग छलफल गरेर संसद् आह्वानका लागि माओवादीले प्रभावकारी रुपमा दबाब चलाउने उनले बताए।
‘अब हामी सबै पार्टीसित पनि छलफल चलाउँछौं। प्रभावकारी दबाब सिर्जना गर्छौं। समयमै नबोलाउनुमा केही बदनियत छ कि जस्तो हामीलाई लागिरहेको छ,’ उनले भने।
माओवादी स्थायी समिति बैठक भोलि दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment