पार्टीमा अनुशासन आवश्यक: महासचिव पोखरेल

डिसी नेपाल
१९ पुष २०८१ २१:००
60
Shares

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको ३७औँ वार्षिक उत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताए।

महासचिव पोखरेलले पार्टीमा वैरीहरुले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताए। उनले यस्तो बेलामा पार्टी निर्णय विरुद्ध जान उचित नहुने बताए।

महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताए। ‘देश बनाउने कुरा गफ गरेर हुँदैन। त्यसको जगमा प्रवेश गर्नुसक्नुपर्दछ’, उनले भने।

महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनविना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *