प्रेमिकालाई कारबाही माग गर्दै दुजाङको पार्टीमा उजुरी

डिसी नेपाल
२० पुष २०८१ १०:३८
1.6k
Shares

काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले समानान्तर गतिविधि गरेको र आफूविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै नेत्री प्रेमिका रानामगरलाई कारबाहीको माग गरेका छन्।

उनले अनुशासन कारबाहीको माग गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगमा उजुरी दिएका छन्। नेविसंघको विधानमा अनुशासन समितिको व्यवस्था भए पनि गठन नभएकोले पार्टीकै आयोगमा उजुरी दिनु परेको उनको भनाइ छ।

प्रेमिका शेखर कोइराला पक्षकी नेतृ हुन्। उनले दुजाङमाथि अपारदर्शी क्रियाकलाप गरेको आरोप लगाएकी छन्। उनले विज्ञप्ति निकालेर ‘जय नेपाल कप’का गर्नका लागि संघका अध्यक्ष शेर्पाले सरकारी, गैरसरकारी संघसंस्था, व्यवसायिक क्षेत्र, क्याम्पस, विश्वविद्यालयहरुवाट अनैतिक रुपमा पैसा उठाएको उनले आरोप लगाएकी थिइन् ।

त्यसपछि तुजाङले संगठनलाई पारदर्शी, जिम्मेवार, र सुदृढ बनाउन आफू प्रतिबद्ध भएको बताउँदै संगठनको एकता, गरिमा, अनुशासन, र मर्यादालाई कायम राख्न निष्पक्ष छानबिन गर्न माग गेरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *