माओवादी स्थायी कमिटी बैठक स्थगित
काठमाडौं । नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेस गर्ने भनिएको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिनेलगायतका एजेन्डा रहेको थियो।
भोलीदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा पेस गर्न लागेको ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि आज बैठक बस्न लागेको हो।
बैठक दिउँसो २ बजेवाट सुरू हुने भनिए पनि अन्तिम समयमा स्थगित भएपछि सो बैठक भोली बिहान ८ बजे बस्ने भएको छ।
स्थानीय तहको उपनिवार्चन परिणामबाट हौसिएको माओवादी केन्द्रले २०८४ सालको निर्वाचन एक्लै लडने घोषणा गरिसकेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment