सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल
काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्।
अध्यक्ष पोखरेलले तीन सय ६८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता महेश थापाले एक सय ८१ मत प्राप्त गरे। उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा पुनदेवी महर्जन, कोषाध्यक्ष रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत विजयी भएका छन्।
खुल्ला सदस्यमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, पुरुषोत्तम लोहनी, प्रदीपकुमार राजवंशी र शतिशराज मैनाली विजयी भएका छन्।
कुल छ सय २६ मतदाता रहेको बारको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment