दशककै सबैभन्दा भीषण हिमपातको डरले अमेरिका त्रसित
काठमाडौं । अमेरिकामा यस दशककै सबैभन्दा भीषण हिमपातको डरले प्रशासनले तयारी सुरु गरेको छ । यस अवधिमा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेशनल वेदर सर्भिसका अनुसार यो आँधी अमेरिकाको मध्य भागबाट सुरु भएको हो र आगामी केही दिनमा पूर्वतिर सर्नेछ ।
अमेरिकाका मिसिसिपी र फ्लोरिडालगायतका केही भागमा कडा चिसो नहुने ठाउँमा समेत चिसोको अवस्था झनै बिग्रने चेतावनी दिइएको छ ।
मौसमविद्हरूका अनुसार ध्रुवीय भोर्टेक्स (आर्कटिक वरपर घुम्ने चिसो हावाको क्षेत्र) खराब मौसमको कारण हो।
“यसले सन् २०११ पछि संयुक्त राज्य अमेरिकामा सबैभन्दा चिसो जनवरी हुने अपेक्षा गरिएको छ,” एक्युवेदरका पूर्वानुमानकर्ता डेप्याडविनले भने।
मौसम विभागका अनुसार, “आइतबार मध्य अमेरिकामा जनजीवन निकै प्रभावित हुनेछ र ट्राफिक अवस्था पनि राम्रो हुनेछैन।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment