गुजरातमा कोस्ट गार्डको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं । भारतीय तटरक्षक गार्डको हेलिकप्टर आइतबार गुजरातको पोरबन्दर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । पोरबन्दरका प्रहरी उपरीक्षक भगीरथ सिंह जडेजाले बीबीसी संवाददाता गोपाल कटेशियालाई यो घटनाको पुष्टि गरेका छन् ।
उनले भने, “नियमित उडान सकेर हेलिकप्टर पोरबन्दर विमानस्थलमा अवतरण गरिरहेको थियो। त्यतिबेला दिउँसो १२ः१० बजेको थियो। हेलिकप्टरमा चालक दलका तीन सदस्य थिए। तीनै जनालाई पोरबन्दर अस्पताल लगिएको थियो। जहाँ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।
प्रहरी उपरीक्षकले भने, “हेलिकप्टर कसरी दुर्घटना भयो त्यो अनुसन्धानको विषय हो, प्रहरी र तटरक्षकले संयुक्त रूपमा घटनाको अनुसन्धान गर्नेछन्।”
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment