प्रचण्ड नेतृत्वको हिंसा आवश्यक थिएन : प्रधानमन्त्री ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी सशस्त्र युद्ध अनावश्यक भएको पुनः टिप्पणी गरेका छन्।
संघीय संसद्मा ‘जनयुद्द’ कि ‘हिंसा’ भन्ने सबालमा चर्काचर्की बहस भएको केही समयपछि नै ओलीले माओवादीबाट सञ्चालित सशस्त्र युद्धलाई हिंसाको रूपमा पुनः टिप्पणी गरेका हुन्।
एमालेको जारी केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उक्त हिंसाका कारण मुलुकले अनावश्यक क्षति बेहोर्नु परेको उल्लेख गरेका छन्।
‘बहुदलीय व्यवस्था स्थापना भएर नेपालले लोकतन्त्रको अभ्यास गर्न थालेको जम्मा ३५ वर्ष भएको छ। यसै अवधिमा, बहुदलीय व्यवस्था स्थापना भएको पाँच वर्ष नबित्दै यसविरुद्ध हतियार उठाइएको, त्यस हिंसात्मक द्वन्द्वमा मुलुकको मूल्यवान् १० वर्ष खर्च भएको र त्यस क्रममा भयावह मानवीय र भौतिक क्षति पुगेको निकट अतितकै यथार्थ हो,’उनले भने।
No ads found for this position



डिसी नेपाल
Facebook Comment