माओवादीले निष्क्रिय केन्द्रीय सदस्य हटाउने

डिसी नेपाल
२१ पुष २०८१ १९:३४
300
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीमा निष्क्रिय रहेका केन्द्रीय सदस्यलाई हटाउने भएको छ।

आइतबारदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा आफ्नो राजनीति प्रस्ताव पेससहितको सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले निष्क्रिय केन्द्रीय सदस्यलाई हटाउँदै नयाँ ल्याउने बताएका हुन्।

निष्क्रिय रहेका केन्द्रीय सदस्यको सट्टा नयाँ राख्नुपर्नेबारे सोच्नुपर्ने देखिएको उनको भनाइ छ।

उनले केही नेताको जिम्मेवारी हेरफेर पनि कार्यविभाजनमार्फत हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *