एमाले केन्द्रीय समिति बैठक जारी

डिसी नेपाल
२२ पुष २०८१ १२:४७
52
Shares

काठमाडौं। सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी रहेको छ। हिजोदेखि सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बैठकमा छलफल भइरहेको छ।

केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफनो धारणा राख्नेछन्।

जसअनुसार बैठकमा पेश गरिएको अध्यक्ष राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ।

साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बीच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रिय सदस्यले आ–आफनो धारणा राख्नेछन् । उनीहरूका लागि ३-३ मिनेटको समय छुट्याइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *