क्यानाडाका प्रधानमन्त्री ट्रुडोद्वारा राजीनामा

डिसी नेपाल
२२ पुष २०८१ २२:५४
628
Shares

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा घोषणा गरेका छन्।

ट्रुडोले सोमबार आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टि तथा आफ्ना अर्थमन्त्रीको अचानक बिदाइले सरकारभित्र बढ्दो उथलपुथलको संकेत गरेपछि सत्तारुढ लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्।

उनले लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री पदमा रहने योजना बताएका छन्। कन्जर्भेटिभ पार्टीको १० वर्षको शासनपछि ट्रुडो सन् २०१५ मा सत्तामा आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *