एमाले केन्द्रीय समिति बैठक जारी

डिसी नेपाल
२३ पुष २०८१ १३:०२
36
Shares

काठमाडाैं। नेकपा एमालेको केन्द्री समिति बैठक सुरू भएको छ। गत आइतबारदेखि काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहेेको हो।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमा हिजो ६४ जना केन्द्रीय सदस्य र ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले आ आफ्नो धारणा राखेका थिए। आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने एमालेले जनाएको छ।

अध्यक्ष ओलीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अनावश्यक ‘दाउँपेच र छलछाम’ कारण कांग्रेस एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने जनाएका छन्।

कांग्रेसको समर्थनमा बनेको सरकारले ६ महिना भित्र उल्लेख्य प्रगति गरेको दावी गर्दै आर्थिक बिकासमा लागि परेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्। सरकारमा नहुदाँ ३.९ प्रतिशतको आर्थिक बृद्दीदरमा सीमित भएको बेला सरकारको नेतृत्वमा आएको दाबी गर्दै ओलीले आफ्नो कार्यकालमा ५.१ प्रतिशतको लक्ष्य चुम्न लागेको दाबी गरेका छन्।

नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक देखिएको ओलीको प्रतिबेदन सत्ता सहयात्री कांग्रेस प्रति भने नरम रूपमा प्रस्तुत भएको देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *