संविधानबाट गणतन्त्र र संघीयता छुट्टाउनै सकिन्न : गगन

डिसी नेपाल
२३ पुष २०८१ १३:१२
96
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको संविधानबाट संघीयता र गणतन्त्र छुट्टाउन नसकिने बताएका छन्। मंलबार संघीयता सबलीकरणको कसीमा प्रदेशका सवाल विषयक छलफल कार्यक्रममा बोल्दै थापाले उक्त कुरा बताएका हुन्।

‘संघीयता नेपालमा चलाउने पनि हो, टिकाउने पनि हो। यसलाई परिणाममुखी बनाउनुपर्छ। यसको विकल्प छैन। कहीँ कतै विकल्प खोजे संविधानको विकल्प खोजे पनि हुन्छ। त्यसैले हामी जो संविधानको पक्षमा छौं, जो संघीय लोकतन्त्रात्मक संविधान भन्छौं, यसबाट संघीयता छुट्टाउन सकिन्छ न गणतन्त्र,’ उनले भने।

संवैधानिक यात्रामा अर्को कुनै एडभेन्चर नगर्न गगनले प्रस्ताव गरेका छन्। उनले यसलाई सुदृढ बनाउँदै परिणाममा लैजानुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *