संविधान संशोधनले सबै सस्याको समाधान गर्ने होइन : प्रदीप ज्ञवाली

डिसी नेपाल
२३ पुष २०८१ १३:५५
72
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै सस्याको समाधान सम्भव नभएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाउनु राम्रो भए पनि त्यसले सबै समस्याको समाधान नगर्ने बताएका हुन्।

‘सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्नतिर लाग्ने तरिकाले हामी कहीँ पुग्दैनौं। संविधान संशोधन सबै चिजको समाधान हुन सक्दैन,’ ज्ञवालीले भने।

उनले संविधान निर्माणपछि केही महत्त्वपूर्ण उपलब्धि हासिल भएको र मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको बताए। तर, मुलुकमा रहेका धेरै समस्याको समाधान संविधान संशोधनबाट मात्र सम्भव नभएको उनको भनाइ छ।

ज्ञवालीले संविधान आफैँमा गतिशील दस्ताबेज भएको र यसलाई अधिकतम लचिलो बनाउनुपर्ने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *