जेलमा रहेका आसारामले सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाए
काठमाडौं । सन् २०१३ मा भएको बलात्कार मुद्दामा सर्वोच्च अदालतले आसारामलाई अन्तरिम जमानत दिएको छ । सर्वोच्च अदालतले चिकित्सा आधारमा आसारामलाई जमानत दिएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार आसारामले ३१ मार्चसम्म अन्तरिम जमानत पाएका छन् ।
अदालतले आसारामलाई जमानतमा जेलबाट बाहिर हुँदा प्रमाणसँग छेडछाड नगर्न निर्देशन दिएको छ। यसबाहेक उनले आफ्ना अनुयायीहरूलाई पनि भेट्न पाउने छैनन्।
सन् २०१३ मा सुरतकी एक महिलाले आसाराम र अन्य सात जनाविरुद्ध बलात्कार र गैरकानूनी थुनामा राखेको मुद्दा दायर गरेकी थिइन् ।
सुनुवाइका क्रममा एक अभियुक्तको मृत्यु भएको थियो । प्रहरीले सन् २०१४ साउनमा यस मुद्दामा आरोपपत्र दायर गरेको थियो ।
अहमदाबादको चन्दखेडा प्रहरी चौकीमा दर्ता भएको एफआईआर अनुसार आसारामले अहमदाबाद सहरको बाहिरी भागमा रहेको आफ्नो आश्रममा सन् २००१ देखि २००६ बीचमा पीडित महिलालाई धेरै पटक बलात्कार गरेका थिए।







डिसी नेपाल







Facebook Comment