प्रचण्डलाई जनार्दनले भने- तपाईं चुनिएर अध्यक्ष बन्नुपर्‍यो

डिसी नेपाल
२३ पुष २०८१ १६:०१
1.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्मा प्रभाकरले पार्टी अध्यक्ष निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने व्यवस्था गरिनुपर्ने बताएका छन्। काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोलेका शर्माले उक्त कुरा बताएका हुन्।

पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताएका हुन्।

‘विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको छ। अध्यषको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो? अध्यक्षमा हामी कसैले दाबी गर्ने होइन, अध्यक्ष उहाँ नै हुने हो। चुनिएर आउन किन डराउनुपर्‍यो,’ उनले भने।

पार्टीलाई प्राइभेट कम्पनीजसरी चलाएर प्रचण्ड सधैँ अध्यक्ष बनिरहेको उनले आलोचना गरे। उक्त आलोचना चिर्न पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनु पर्ने धारणा शर्माले राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *