देउवा निवासमा राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्।
लिङ्देन मंगलबार दिउँसो देउवा भेट्न बूढानीलकण्ठ पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
‘पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाज्यू र राप्रपा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनज्यूका बीचमा आज भेटवार्ता भएको हो,’ उनले भने।
उनीहरूबीच भेटका क्रममा समसामयिक राष्ट्रिय राजनीति, संसद्लगायतका विषयमा कुराकानी भएको श्रेष्ठले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment