नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्द्रपूर्ण छ : मन्त्री अधिकारी

डिसी नेपाल
२३ पुष २०८१ १७:३०
40
Shares

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताएका छन्।

‘फाउन्डेसन अफ ट्रान्स हिमालयन एन्ड रिसर्च स्टडिज’ले मंगलबार आयोजना गरेको ‘बिआरआई ढाँचामार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निम्ति अवसरको खोजी’ विषयक कार्यक्रममा मन्त्री अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध जहिल्यै सौहार्द्रपूर्ण रहेको बताए।

उनले भने, ‘नेपाल र चीनबीच भौगोलिक, राजनीतिक तथा व्यापार र पारवहनको सम्बन्ध प्रगाढ छ। नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएकाले चीनको विशेषज्ञता यस क्षेत्रको विकासका लागि महत्त्वपूर्ण छ।’

नेपालका लागि चीनका राजदूत छन सङले नेपालमा कृषि तथा पर्यटनलगायत परियोजनाहरूमा चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताए।

उनले भने, ‘हालै मात्र चिनियाँ उद्यमीको टोली नेपाल आएको थियो। उहाँहरु लगानी गर्न हौसिनुभएको छ।’

नेपालको धेरै जनसङ्ख्या कृषिमा आश्रित भएकाले यसको विकासमा थप जोड दिनुपर्ने राजदूत सङले बताए।

कृषि तथा खाद्य सुरक्षाविज्ञ डा. यमुना घलेले कार्यपत्र प्रस्तुत गर्दै कृषि तथा पर्यटन क्षेत्रमा नेपालको सम्भावना अधिक रहेको बताए।

उनले भने, ‘बिआरआईसँग सम्बन्धित लगानीले न्यून आय भएका देशहरूमा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्न मद्दत गरेको छ। नेपालमा पनि कृषि र पर्यटनको अत्यधिक सम्भावना छ। राँगा र भैँसीको मासु निर्यात सम्झौता चीनसँग भइसकेको छ।’ रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *