‘कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्’

डिसी नेपाल
२३ पुष २०८१ १७:५४
52
Shares

काठमाडौं। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कलाकारले कला संस्कृतिको प्रवर्द्धन गरेर मुलुकलाई अन्तर्राष्ट्रियरूपमा चिनाउन मद्दत गरेका बताएका छन्।

नेपाल व्यावसायिक कलाकार संघ (क्यान)को ३०औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवसका अवसरमा कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘पुरस्कार वितरण तथा अग्रज कलाकार सम्मान कार्यकम’ मा उपप्रधानमन्त्री सिंहले कलाकारसँग भेट्न पाउँदा र सम्मान गर्न पाउँदा आफू हुर्षित हुने गरेको बताए। उनले भने, ‘जीवन नै कलाकारितामा समर्पण गरेर योगदान दिने स्रष्टालाई सम्मान गर्नुपर्दछ। कलाकारको योगदानको कदर जति गरे पनि कम हुन्छ। कलाकारलाई राज्यले सक्ने सहयोग गर्छ।’ पुरस्कारबाट पुराना कलाकारप्रति सम्मान हुनाका साथै नयाँलाई यस पेसाप्रति रुचि बढ्न मद्दत पुग्ने उनको भनाइ थियो।

सो अवसरमा ‘हेम–गंगा युवा कला प्रतिभा पुरस्कार’बाट केदार दाहाल, ‘हेम–गंगा नारी कला प्रतिभा पुरस्कार’बाट इन्दु पन्त, ‘क्यान आइडियल कला पुरस्कार’बाट विपिन श्रेष्ठ, ‘अमात्य कला पुरस्कार’बाट सुन्दर लामा, ‘मुल्मी ग्राफिक डिजाइन पुरस्कार’बाट राजन काफ्ले, ‘निर्वाण कला सम्मान’बाट स्मिता श्रीवास्तव र ‘सुरेन्द्र सम्मान दीर्घ कला–साधक सम्मान’बाट प्रा गोविन्दनारायण ज्यापूलाई पुरस्कृत गरिएको थियो।

यसैगरी, ‘क्रोधकला शिरोमणि पुरस्कार’बाट मनबहादुर विक, ‘क्यान सिग्देल आर्ट पुरस्कार’बाट डा कृष्ण ओझा, ‘बालकृष्ण स्मृति कला पुरस्कार’बाट देवेन्द्र पौड्याल, ‘नारायणदेवी स्मृति पुरस्कार’बाट रवीन्द्र राजभण्डारी, ‘राजेश मानन्धर कार्टुन पुरस्कार’बाट पदम घले, ‘ज्ञानी शाह क्यान अमूर्त कला सम्मान’बाट रमेश खनाल, ‘ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कार’बाट भुवन थापा र ‘ऋचा मैनाली रिजाल स्मृति पुरस्कार’बाट प्राश्ना बुढा मगरलाई नगद राशिसहित पुरस्कृत गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *