मेटाले फेसबुक र इन्स्टाग्रामका स्वतन्त्र तथ्य जाँचकर्ताहरूलाई हटाउने

डिसी नेपाल
२४ पुष २०८१ १२:३८
212
Shares

काठमाडौं । मेटाले फेसबुक र इन्स्टाग्राममा स्वतन्त्र तथ्य जाँचकर्ताहरू हटाउने निर्णय गरेको छ। यसको स्थानमा, ‘एक्स’ जस्ता सामुदायिक नोटहरूको विकल्प सुरु हुनेछ, जहाँ पोस्टको प्रामाणिकताको बारेमा टिप्पणी गर्नु प्रयोगकर्ताको विवेकमा रहन्छ।

मेटा कम्पनीले मंगलबार ब्लगसँगै सीईओ मार्क जुकरबर्गको भिडियो पोस्ट गरेको छ। मार्क जुकरबर्गले भनेका छन् “तेस्रो पक्ष मध्यस्थकर्ताहरू पनि “राजनीतिक झुकाव” भएका छन्।” उनले भने “अब अभिव्यक्ति स्वतन्त्रताको जरामा फर्कने समय आएको छ।”

मेटाको ग्लोबल हेडको रूपमा सर निक क्लेगलाई प्रतिस्थापन गर्ने जोएल क्याप्लानले लेखेका छन् ‘कम्पनीले राम्रो उद्देश्यका साथ स्वतन्त्र मध्यस्थकर्ताहरूलाई विश्वास गरेको थियो, तर यसले प्राय: प्रयोगकर्ताहरूलाई सेन्सर गर्छ।’

यद्यपि, घृणायुक्त भाषणविरुद्ध अभियान चलाउनेहरूमा यो निर्णयप्रति असहमति छ। यो परिवर्तन वास्तवमा डोनाल्ड ट्रम्पलाई खुसी पार्ने उद्देश्यले गरिएको उनको विश्वास छ। नोभेम्बरमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले जनवरी २० मा सपथ लिनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *