सांसद एकनाथ ढकालद्वारा श्रीलंकाली प्रधानमन्त्री हरिणी अमरासुरियासँग शिष्टाचार भेट

डिसी नेपाल
२४ पुष २०८१ १८:०१
1.0k
Shares

कोलोम्बो। प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र श्रीलंकाको नबनिर्बाचित प्रधानमन्त्री हरिणी अमरासुरियासँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गरेका छन्।

श्रीलंकाको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिबृद्धि गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ। सांसद ढकालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट प्रधानमन्त्री हरिणी अमरासुरियालाइ शुभकामना दिँदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गरे।

प्रधानमन्त्री हरिणी अमरासुरियाले नेपालसँगको बिशेष मैत्रीपूर्ण सम्बन्धलाई जोड दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना सन्देश पठाइन्।

साथै सांसद ढकालले श्रीलंकाली नबनिर्बाचित सभामुख डा. जगत विक्रमारत्ने संग संसद भवनमा शिष्टाचार भेट गरि नेपालका सभामुख देबराज घिमिरेको तर्फवाट सभामुख डा जगत विक्रमारत्नेलाइ शुभकामना दिँदै उपयुक्त समयमा गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणकोलागि समेत आग्रह गरे।

त्यसै गरि सांसद ढकालले श्रीलंकाको संसद्को प्रमुख प्रतिपक्षी दलका नेता साजिथ प्रेमादासासँग समेत भेट गरि अन्तरक्रिया गरेका थिए। पूर्व मन्त्री समेत रहेका ढकाल श्रीलंकाको २ दिने मैत्रीपूर्ण भ्रमणमा छन्। नेपाल र श्रीलंका बीच सन् १९५७ मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *