बलात्कारको बदला लिन आगो लगाएर बुबाको हत्या

डिसी नेपाल
२४ पुष २०८१ २०:४६
916
Shares

लाहोर। बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ।

पञ्जाबको गुजरानवाला शहरमा जनवरी १ मा बुबामाथि आक्रमण भएको थियो र उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा मंगलबार उनको मृत्यु भएकाे हाे। सौतेनी दिदीबहिनी रहेका उनीहरूले बुबाले एक वर्षदेखि जेठी छोरीलाई बलात्कार गर्दै आएको र कान्छी छोरीलाई पनि दुईपटक बलात्कार गर्न खोजेको बताएका छन्।

उनीहरूका आमाहरूले दुर्व्यवहारका बारेमा थाहा भएको तर बदला लिने योजनाका बारेमा थाहा नभएको बताएका छन्। उनीहरू दुवै ती पुरुषसँग विवाहित हुन्।

केटीहरूको पहिचान सुरक्षित राख्न एएफपीले ती व्यक्तिको नाम उल्लेख गरेको छैन। तीमध्ये एक अघिल्लो विवाहकी छोरी हुन्। श्रीमतीहरूमध्ये एकलाई पनि पक्राउ गरिएको छ भने दोस्रोसँग सोधपुछ भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *