काठमाडौंमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने युवक एक वर्षपछि पक्राउ

डिसी नेपाल
२५ पुष २०८१ १७:३३
284
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्थित एक गेस्ट हाउसमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सिन्धुलीको दुधौली नगरपालिका–८ का २० वर्षीय सुबोध खड्कालाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो। उनलाई सिन्धुलीको दुधौलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनले करिब डेढ वर्ष अघि ७ वैशाख २०८० मा गेस्टहाउसमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। उनीमाथि बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *