लेखा समिति सभापतिका पूर्वपीए पोखरेल पाँच दिन हिरासतमा

डिसी नेपाल
२५ पुष २०८१ १७:५३
124
Shares

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पाँच दिन हिरासतमा बस्ने भएका छन्।

जिल्ला अदालत मोरङले उनलाइ पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी, कार्यालय मोरङलाइ अनुमति दिएको हो।

एमबीबीएस परीक्षा पास गराई दिनभन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा आजै पोखरेल पक्राउ परेको थिए। जिल्ला प्रहरी कार्यालय, मोरङले अदालतमा लगे पछि उनलाइ हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप पछि सभापति पोखरेलले उनलाइ जिम्मेवारीबाट बर्खास्तसमेत गरेका थिए।

पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भनी सप्तरीका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। उन त्यसपछि फरार रहँदै आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *