सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरण : धरौटी बुझाएर छुटे तीन जना
कास्की । सूर्यदर्शन सहकारी बचत रकम अपचलन मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै तीन जनाले धरौटी रकम बुझाएका छन्।
आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङ धरौटी रकम बुझाएर हिरासत मुक्त भएका हुन्। आरती र मीनालाई ५–५ लाख रुपैयाँ तथा कृष्णलाई १ लाख रुपैयाँ धरौटी माग गरिएको थियो।
लीला पछाईँलाई भने अदालतले माग गरेको ३७ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएकी छन्।
लामिछानेलाई ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख, राम खनाललाई १५ लाख धरौटी माग गरिएकोमा उनीहरू धरौटी बुझाउने प्रक्रिया धालेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment