रवि लामिछानेलाई धरौटी बुझाएपछि काठमाडौं ल्याइने
काठमाडौं। सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले धरौटी मागे पनि रास्वपा सभापति रवि लामिछाने तत्काल नछुट्ने भएका छन्। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेसँग ६५ लाख धरौटी माग गरेको थियो।
कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगी आरोपमा लामिछानेलाई अदालतले धरौटी मागेको हो। लामिछानेले धरौटी रकम बुझाइसकेका छैनन्। प्रहरीले भने लामिछानेलाई तत्कालै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिरहेको छ। लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगी गरेको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकृतले लामिछानेलाई काठमाडौं लैजाने तयारी रहेको बताए। लामिछानेलाई काठमाडौंपछि पनि सहकारी ठगी गरेको अर्को स्थानमा लगिने छ। लामिछानेलाई चितवन, रुपन्देही र पर्सामा सहकारी ठगीको आरोप छ। ‘जहाँ-जहाँ पहिले बयान लिइएको छ, त्यहाँ त्यहाँ उहाँलाई उपस्थित गराइन्छ,’ ती प्रहरी अधिकृतले भने।
*सच्याइएको
No ads found for this position



डिसी नेपाल
Facebook Comment