रविसहितका प्रतिवादीलाई थुनामुक्त गर्ने अदालतको आदेशमा के छ ? (पूर्णपाठ)

डिसी नेपाल
२५ पुष २०८१ २१:२२
1.4k
Shares

गण्डकी। कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाइलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई रु पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटी माग गरेको उक्त अदालतका स्रेस्तेदार राजन खनालले बताए।

अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा सभापनि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

अदालतको उक्त आदेशसँगै रविसहित ६ जना धरौटी बुझाएर रिहा भएका छन्। रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङ धरौटी रकम बुझाएर थुनामुक्त भएका हुन्।

यस्तो छ अदालतको आदेशको पूर्णपाठ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *