डोनाल्ड ट्रम्पको अपील खारेज, पोर्नस्टारलाई पैसा दिएको मुद्दामा आज सजाय सुनाइने
काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले हस मनी मुद्दामा शुक्रबार डोनाल्ड ट्रम्पलाई सुनाइने सजाय रोक्न अस्वीकार गरेको छ ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतलाई आफूमाथि लगाउन लागिएको सजाय रोक्न सकिन्छ कि भनेर अनुरोध गरेका थिए । यसमा सर्वोच्च अदालतका न्यायाधीशहरूले ५–४ को फैसला दिँदै ट्रम्पको अनुरोधलाई अस्वीकार गरेका थिए ।
२०१६ मा, डोनाल्ड ट्रम्पले वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप लाग्न १.३ मिलियन डलर दिए। यो लुकाउन ट्रम्पलाई नक्कली रेकर्ड बनाएमा दोषी ठहर गरिएको थियो।
यस मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश जुआन मर्चनले ट्रम्पलाई जेल सजाय दिनेबारे विचार नगर्ने संकेत गरेका छन् ।
सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पले बिहीबार साँझ पत्रकारहरूसँग भने – यो मुद्दा ‘अपमानजनक’ थियो, तर सर्वोच्च अदालतको निर्णय वास्तवमा ‘निष्पक्ष निर्णय’ थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment