प्रधानमन्त्रीमा परिणाममुखी काम गर्ने हुटहुटी छ : एमाले नेता रिजाल
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीमा परिणाममुखी काम गर्ने हुटहुटी रहेको बताएका छन्।
उनले संविधानमै अध्यादेशको व्यवस्था गरिएको उल्लेख गर्दै सरकारले जनसरोकारका कामलाई ध्यानमा राखेर अध्यादेश ल्याएको बताए।
‘संसदबाट कानुन बनाउन लामो प्रक्रिया लाग्ने भएकाले सरकारले तत्कालै गर्नुपर्ने कामका लागि संविधानमा अध्यादेशको व्यवस्था गरिएको छ। प्रधानमन्त्रीमा छिटो परिणाममुखी काम गर्ने हुटहुटी छ। त्यसैले सरकारले जनसरोकारका काममा छिटो(छरितो सेवा प्रवाह, सुशासनको अनुभूति र आर्थिक गतिविधिमा बढावा दिन अध्यादेश ल्याउने उचित निर्णय गरेको छ। यसका लागि सरकारलाई धन्यवाद दिनुपर्नेमा उल्टै ‘संसद् छल्यो’ भन्नु हद दर्जाको पूर्वाग्रह मात्र हुन्छ। संसद् बैठक बस्नासाथ अध्यादेश पेश हुन्छन् र दीर्घकालीन कानुन बनाउने संसद्को अधिकार सुरक्षित छ। अनावश्यक रोइलो किन ? के यी अध्यादेश गलत छन् ?,’ उनले लेखेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment