सत्ता गठबन्धन तीन वर्ष चल्ने गगन थापाको दाबी
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन तीन वर्ष चल्ने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले एमाले र कांग्रेस मिलेर गठन भएका विगतमा सरकारले राम्रो काम गरेको स्मरण गर्दै यो सरकार तीन वर्ष टिक्ने बताएका हुन्।
‘विगतमा कांग्रेस–एमालेले नौ महिना र एक वर्ष सरकार चलाउँदा गर्व गर्न सक्ने अवस्था बनेको थियो। वर्तामान सरकरले पनि त्यस्तै काम गर्नुपर्छ। यो सरकार तीन वर्ष टिक्छ,’ उनले भने।
विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारले झैँ संसद्का दुई ठूला दल मिलेर बनेको सरकारबाट नागरिकले फाइदा पाउने उनले विश्वास व्यक्त गरे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment