संघीय संसद‍्को हिउँदे अधिवेशन चाँडै आह्वान हुने सभामुखको विश्वास

डिसी नेपाल
२७ पुष २०८१ १६:१९
72
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद‍्को हिउँदे अधिवेशन चाँडै आह्वान हुने विश्वास व्यक्त गरेका छन्।

३०३औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले संघीय संसद‍्को अधिवेशन बस्ने समय भइसकेकाले चाडै आह्वान हुने विश्वास व्यक्त गरे।

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बाहिर आइ नसकेकाले जानकारी नभएको उनले बताए।

त्यस्तै उनले पृथ्वी नारायण शाहले एकीकरण गरेकाले नेपाल अस्तीत्वमा रहेको भन्दै नेपाललाई थप एकतावद्ध बनाएर प्रगतितर्फ लाग्नुपर्ने उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *