संसदमा पेस हुँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक

डिसी नेपाल
२७ पुष २०८१ १८:२७
404
Shares

काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक संघीय संसद्मा पेस गरिने भएको छ।

शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले आज जनाएको छ।

गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक परिमार्जन र संशोधनमा जोड दिँदै आएका थिए।

प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा लोक सेवा आयोगको सहमतिपछि मन्त्रालयले ती विधेयक मन्त्रिपरिषद्मा पेस गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *