दुई उत्तर कोरियाली सैनिक पक्राउ गरेको युक्रेनको दावी
किभ। युक्रेनले दुइ कोरियाली सैनिकलाइ पक्राउ गरेको छ । रुसको कुर्स्क ओब्लास्ट क्षेत्रबाट युक्रेनी सेनाले युद्धबन्दीको रूपमा दुई घाइते उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको हो । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो जानकारी दिएका हुन् ।
जेलेन्स्कीका अनुसार ती दुई सैनिकले आवश्यक चिकित्सा सहायता पाइरहेका छन् । र, उनीहरू युक्रेनको सुरक्षा सेवा ९एसबीयू० को हिरासतमा रहेका छन्।
राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई कब्जामा लिएकोमा युक्रेनी प्याराट्रूपर्स र विशेष अपरेशन फोर्सका सिपाहीहरूप्रति आफू कृतज्ञ रहेकोसमेत बताएका छन् । उनले भने, ‘यो सजिलो काम थिएन, रसिया र उत्तर कोरियाली सैनिकहरूले सामान्यतया घाइते उत्तर कोरियालीहरूलाई मृत्युदण्ड दिने छन् ।’ उनका अनुसार युक्रेन विरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको कुनै प्रमाण मेटाउनका लागि घाइते उनीहरूलाइ मार्न सक्थे तर यो असफल भएको छ ।
टेलिग्राम र एक्समा पोस्ट गरिएको एक बयानमा जेलेन्स्कीले भने कि ‘ती सैनिकहरूले एसबीयू अन्वेषकहरूसँग कुरा गरिरहेका थिए र उनले युक्रेनको सुरक्षा सेवालाई उनीहरूलाई पत्रकारहरूलाई पहुँच दिन निर्देशन दिएका थिए। ‘के भइरहेको छ भन्ने बारे विश्वले सत्य जान्न आवश्यक छ,’ उनले अगाडी भने ।
जेलेन्स्कीले दुईजना घाइते पुरुषको तस्बिर पनि पोस्ट गरेका छन् तर उनीहरू उत्तर कोरियाली भएको भने अझै प्रमाण दिएका छैनन्। एउटा तस्बिरले मङ्गोलियाको सिमानामा रहेको रुसको टिभा क्षेत्रका २६ वर्षीय पुरुषलाई जारी गरेको रुसी सेनाको परिचयपत्र देखाइएको छ। यद्दपी, रुसले उत्तर कोरियाली लडाकुहरूलाई नक्कली परिचयपत्र दिएर लुकाइरहेको दावी गरिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment