तालिबानले महिलालाई मानव मान्दैन : मलाला युसुफजाई
काठमाडौं । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले मुस्लिम नेताहरूलाई अफगानिस्तानमा महिलाहरूका लागि तालिवानले बनाएको नीतिलाई चुनौती दिन आग्रह गरेकी छन्।
मलालाले भनिन्, ‘सरल शब्दमा भन्नुपर्दा अफगानिस्तानका तालिबानले महिलालाई मानिसको रूपमा हेर्दैनन् ।’ इस्लामिक देशमा बालिका शिक्षाका लागि पाकिस्तानले आयोजना गरेको सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।
मलालाले मुस्लिम नेताहरूलाई तालिवानको नीतिमा ‘इस्लामिक केही पनि’ नभएको बताएकी छन्। तालिबानले आफ्ना नीतिहरूमार्फत महिलाहरूलाई अध्ययन र काम गर्नबाट रोकेको उनको आरोप छ।
२७ वर्षीया मलालालाई १५ वर्षको उमेरमा बालिका शिक्षाबारे खुलेर बोलेको भन्दै तालिबानले आक्रमण गरेको थियो । मलालाको टाउकोमा गोली लागेको थियो । उनलाई उपचारका लागि बेलायत लगिएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment