गाजा युद्धविराम सम्झौता लागू हुनेमा शंका, इजरायलले अनुमोदन गर्न ढिलाई गर्दै
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धविराम सम्झौतालाई अनुमोदन गर्न बिहीबारको मन्त्रिपरिषद्को मतदान स्थगित गरेका छन्।
नेतान्याहुले हमासलाई अन्तिम मिनेटमा सम्झौतामा परिवर्तनको माग गरेको आरोप लगाएका छन्।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भनेका छन्, “चीजहरू ठीक भइसकेका छन् र योजनाअनुसार आइतबारदेखि युद्धविराम सुरु हुनेमा हामी विश्वस्त छौं।”
इजरायली प्रतिनिधिमण्डलले सम्झौतामा सहमति जनाएपछि पनि सुरक्षा मन्त्रिपरिषद् र सरकारको स्वीकृतिबिना सम्झौता कार्यान्वयन हुन सक्दैन ।
हमासले यो सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ, तर बीबीसीले सूत्रको हवाला दिँदै बताएअनुसार हमासले आफ्ना केही सदस्यहरूको नाम सम्झौता अन्तर्गत रिहा हुने प्यालेस्टिनी कैदीहरूको सूचीमा थप्ने प्रयास गरिरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment