हिउँ पन्छाएर हवाई सेवा सञ्चालन
सिमकोट (हुम्ला) हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ।
विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए। बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएको थियो।
आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले संयुक्त रुपमा विमानस्थलको धावन मार्ग, पार्किङस्थल लगायतका हिउँ पन्छाएको हो।
हिउँ पन्छाउने बित्तिकै नेपालगञ्जबाट सीता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख सिंहले बताए। हिमपातका कारण दुई दिनदेखि सदरमुकाम सिमकोट जोड्ने सडक अवरुद्ध छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment