अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टा पहिल्यै टिकटक बन्द

डिसी नेपाल
६ माघ २०८१ ११:२४
476
Shares

काठमाडौं । सामाजिक सञ्जाल एप टिकटक अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै बन्द भएको छ ।

अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा “तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न” भन्ने सन्देश देखिरहेका छन्।

यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानूनलाई उद्धृत गरेको छ।

धेरै प्रयोगकर्ताहरूले टिकटकलाई एप स्टोरबाट पनि हटाइएको र भिडियोहरू टिकटक डटकममा नदेखिएको बताए।

टिकटकले भन्यो , “हामी भाग्यमानी छौं कि ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुन: सुरु गर्ने विकल्पमामा हामीसँग काम गर्ने संकेत गरेका छन् ।”

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिन सक्ने बताएका छन् ।

वास्तवमा, अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *