डोनाल्ड ट्रम्पको शपथ ग्रहणमा को-को विशिष्ट विदेशी पाहुनाहरू सहभागी हुँदैछन् ?
CONCORD, NEW HAMPSHIRE - JUNE 27: Republican presidential candidate, former U.S. President Donald Trump stands on stage after being introduced during the New Hampshire Federation of Republican Women's Lilac Luncheon on June 27, 2023 in Concord, New Hampshire. Republican presidential candidate, Florida Gov. Ron DeSantis is also holding a campaign event in New Hampshire today. (Photo by Scott Eisen/Getty Images)
काठमाडौं । डोनाल्ड ट्रम्पले जनवरी २० मा फेरि राष्ट्रपतिको कार्यभार सम्हाल्दैछन्। अमेरिकी नवनिर्वाचित राष्ट्रपतिले सत्ता हस्तान्तरण समारोहमा विदेशी नेताहरूलाई स्वागत गर्ने यो पहिलो पटक हो।
यसअघि अमेरिकामा यस्तो भएको थिएन । ट्रम्पले इटाली, अर्जेन्टिना, चीन र जर्जियाका राष्ट्रपतिहरूलाई समारोहमा सहभागी हुन आमन्त्रण गरेका थिए।
ट्रम्पको सपथ ग्रहण समारोहमा को–को सहभागी हुने भन्ने विषयमा निकै चर्चा चलेको थियो । जसका राष्ट्र प्रमुखलाई आमन्त्रण गरिएको छ, ती देशहरूप्रति ट्रम्पको नीति उदार हुने पनि देखिएको छ ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी सोमबार ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुनेछिन् । मेलोनी युरोपका उच्च प्रोफाइल नेताहरू मध्ये एक हुन् जसलाई ट्रम्पले आफ्नो सपथ ग्रहण समारोहमा भाग लिन आमन्त्रित गरे।
इटालियन प्रधानमन्त्रीको कार्यालयले सपथ ग्रहण समारोहमा मेलोनी सहभागी भएको पुष्टि गरेको छ ।
अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलिलाई पनि निमन्त्रणा गरिएको छ । ट्रम्पको सपथ ग्रहण समारोहमा अर्जेन्टिनाका राष्ट्रपति पनि सहभागी हुनेछन् । नोभेम्बर ५ मा भएको निर्वाचनमा जितेपछि ट्रम्पलाई भेट्ने मिली पहिलो अन्तर्राष्ट्रिय नेता थिए ।
पश्चिमा समर्थक नेता जर्जियाका राष्ट्रपति सलोमे जोराबिचभिली पनि ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुनेछन् । सलोमेमाथि जर्जियामा भएको राष्ट्रपति चुनावमा धाँधली गरेको आरोप लागेको थियो ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि निमन्त्रणा गरिएको थियो तर चीनले आफ्ना उपराष्ट्रपति हान चेङलाई पठाएको छ । शुक्रबार चीनको विदेश मन्त्रालयले हानको अमेरिका भ्रमणको घोषणा गरेको थियो ।
भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर वाशिंगटनमा ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुनेछन्।







डिसी नेपाल







Facebook Comment