भारतमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु

डिसी नेपाल
९ माघ २०८१ २३:०२
2.6k
Shares

नयाँदिल्ली। बुधबार रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको छ। यात्रुहरू रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

यो घटना पश्चिमी महाराष्ट्र राज्यमा भएको हो। देशको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा दुर्घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले भने, ‘मानिसहरूलाई रेलले किचेको छ। ११ जनाको मृत्यु भएको छ र करिब पाँच जनाको उपचार भइरहेको छ।’

आगलागीको अलार्म सत्य थियो वा झुटो भन्ने तत्काल स्पष्ट भएको छैन। भारतीय रेलवेका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय मिडियाले कसैले मुम्बई जाने रेलमा ‘अलार्म चेन’ तानेको र त्यसपछि ‘केही यात्रुहरू रेलबाट हाम फालेको’ बताएका छन्।

‘त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको अर्को रेलले उनीहरूलाई किचेको हो’, प्रवक्ताले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *