ट्रम्पले सपथ लिएपछि सी जिनपिङ र पुटिनबीच भिडियो वार्ता

डिसी नेपाल
१० माघ २०८१ १३:३१
692
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भिडियो कल भएको छ ।

दुवै नेताले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

सी जिनपिङले पुटिनलाई ‘रणनीतिक सहयोगलाई अझ फराकिलो बनाउन, आपसी सहयोगलाई बलियो बनाउन र वैध हितको रक्षा गर्न’ आह्वान गरे।

मंगलबार ट्रम्पले बेइजिङमाथि कर लगाउने धम्की दिँदै रुसलाई युक्रेन युद्ध रोक्ने सहमतिमा नपुगेमा मस्कोले ‘ठूलो समस्या’ सामना गर्नुपर्ने बताए।

बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने विचार गरिरहेको बताएका थिए । यो महशुल फेब्रुअरी १ गतेदेखि लागु हुने बताइएको छ ।

रुसी विदेश मामिला सल्लाहकार युरी यास्कोभका अनुसार पुटिनले सि जिनपिङलाई युक्रेन सम्बन्धी कुनै पनि सम्झौताले रुसी हितको रक्षा गर्नुपर्ने बताए ।

तर, दुवै नेताले यो कुराकानी ट्रम्पको सपथ ग्रहणसँग सम्बन्धित नभएको बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *