पेट तथा हातखुट्टा पोल्ने समस्या छ भने सेवन गर्नुहोस् मिश्री

डिसी नेपाल
५ भदौ २०७६ ५:४९

मिश्री ऊखुको रसबाट बनेको गुलियो ठोस् पदार्थ हो। मिश्री खानमा मात्र मिठो हैन औषधि जन्य रुपमा पनि धेरै फाइदाजनक छ। गर्मी महिनामा पेट पोल्ने जस्ता समस्या देखिन्छ भने मिश्री सेवन गर्दा निकै लाभदायक हुन्छ। आज हामी मिश्रीका केही फाइदाका बारेमा जानकारी दिदै छौँ :

गर्मिले पेट पोल्ने भएमा
धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १/१ चम्चा बिहान,बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ।

दम खोकीमा
१ चम्चा मनतातो भाङको रसमा १ चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ। आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहानर दिउँसोर वेलुका खाने गरेमा ठिक हुन्छ।

कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने।

शरीर दुख्ने रोगमा
भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहानरबेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ।

पित्तको ज्वरो आएमा
सुप एक चम्चा, एक ग्लास पानीमा एक टुक्रा मिश्री हालेर उमाल्नुहास् र आधा भएपछि छानेर सेवन गर्नुहास्, २-३ दिनमा नै ठीक हुन्छ।

हातगोडा पोल्नेमा
सुप र गेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एकरएक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस।

घाँटी दुखेमा
राती सुत्ने बेलामा ८/१० गेडा मरिच र मिश्रीको टुक्रा चपाएर तातो पानीले निलेमा चिसोले घाँटी बसेको निको हुन्छ।

घाँटी बसेमा
घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २-३ मात्रामै ठीक भएर आउँछ।

शरीर सुन्निएमा
दतिउनको चार-पाँच वटा पात एक ग्लास पानीमा मिश्री हालेर पकाएर बिहान/बेलुका खाने गरेमा सम्पूर्ण शरीर सुन्निएको ठीक हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *