गण्डकी प्रदेशसभा बैठक: अध्यादेश सर्वसम्मत पारित

डिसी नेपाल
२ फागुन २०८१ २१:३६
116
Shares

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको अध्यादेश सर्वसम्मत पारित गरेको छ।

बैठकमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यादेश स्वीकृत गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो। मुख्यमन्त्री पाण्डेले प्रदेश लोकसेवा आयोगको चौथो वार्षिक प्रतिवेदन २०८०/८१ सभा समक्ष प्रस्तुत गरेका थिए। प्रतिवेदन छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ।

बैठकमा आर्थिक मामिलामन्त्री डा टकराज गुरूङले सामायिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गरेका थिए। सभाको अर्को बैठक फागुन ८ गते दिनको १.०० बजे बस्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.