रुसको बियर कम्पनीको बोटलमा माहात्मा गान्धीको फोटो

डिसी नेपाल
३ फागुन २०८१ ७:१७
280
Shares

मस्को। रुसको एक बियर उत्पादन गर्ने कम्पनीले आफ्नो बियरको क्यानमा महात्मा गान्धीको तस्बिर राखेको छ।

यसको भिडियो बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको हो। यसमा एक व्यक्तिले यसो भनेको सुनिएको थियो, ‘यहाँ महात्मा गान्धीको नाममा बियर बेचिन्छ र जबकि भारतीयहरूले आफ्नो मुद्रामा छाप्छन्।’

यो बियर उत्पादन गर्ने कम्पनीको नाम रिभोर्ट हो। सामाजिक सञ्जालमा मानिसहरुले यसको आलोचना गरिरहेका छन्। मानिसहरू भन्छन् कि यो महात्मा गान्धीको अपमान हो किनभने उनी सधैं रक्सीबाट टाढा रहेका थिए।

एक क्तिले ट्वीटरमा पीएम मोदीलाई यस विषयमा हस्तक्षेप गर्न र यस बियरको क्यानबाट महात्मा गान्धीको तस्बिर हटाउन अपील गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.