बिराटनगरमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना

डिसी नेपाल
४ फागुन २०८१ १८:२४
84
Shares

काठमाडौं । कोशी प्रदेशको बिराटनगरमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ।

आइतबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र भूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि रिजालले संयुक्त रुपमा भूमि समस्या समाधान आयोग कार्यालय उद्घाटन गरे।

भूमि समस्या समाधान आयोगका कोशी संयोजक अनिल कृष्ण प्रसाईले सरकारले ३ वर्षभित्र भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने लक्ष्य लिएकाले आयोगले प्रभावकारी रुपमा काम गर्ने बताए। उनले पहिलो चरणमा सामान्य र कम जग्गा भएका सुकुम्बासीलाई पूर्जा दिने र जटिल समस्यालाई विस्तारै समाधान गर्ने गरी काम गर्ने जानकारी दिए।

मुलुकभर करिब १० लाख ९७ हजार २ सय ९८ वटा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको समस्या रहेकोमा कोशी प्रदेशमा करिब २ लाख ३० हजार सुकुम्बासीको निवेदन दर्ता रहेको छ। भूमि समस्या समाधान आयोग गठन भएपछि पहिलो पटक कोशी प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिएको आयोगका केन्द्रिय अध्यक्ष रिजालले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *