भारतमा नेपाली विद्यार्थीमाथि भएको धरपकडमा प्रधानमन्त्रीको चासो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिशा राज्यको राजधानी भुवनेश्वरमा नेपाली विद्यार्थीमाथि भएको धरपकडमा चासो प्रकट गरेका छन् ।
नेपाली विद्यार्थीलाई जबर्जस्ती होस्टेलबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्रीले चासो प्रकट गर्दै समस्या समाधानका लागि कुटनीतिक पहल जारी राखिएको जनाएका छन् ।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment