‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

डिसी नेपाल
५ फागुन २०८१ २१:११
788
Shares

काठमाडौं। ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ।

विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सांसदलाई संघीय संसद् सचिवालय सिंहदरबारमा पेस गर्नसक्ने जानकारी दिए।

सो विधेयकमाथिको सामान्य छलफलका क्रममा आज ६७ जना सांसदले आ-आफ्नो धारणा राखेका थिए। गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभासमक्ष पेस गरेका थिए। मन्त्री लेखकले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *